अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधान गर्न सरकार लागिपरेको छ – मन्त्री भट्ट

बिआरटीनेपाल २०७७ चैत २० गते ९:०२ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ । शुक्रवार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको ४२ औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्याहरूलाई प्राविधिक रूपमा भन्दा पनि नीतिगत रूपमा समाधान गर्न सरकार लागिपरेको बताउनुभयो ।

उहाँले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताउनुभयो । यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताउनुभयो । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको उहाँले बताउनुभयो । विपरीत विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न मन्त्री भट्टले व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू