अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

कोभिड–१९ विरुद्धको खोप किन्न विश्व बैँकले ८ अर्ब ७० करोड सहायता दिने

बिआरटीनेपाल २०७७ चैत २० गते ९:०१ मा प्रकाशित

विश्व बैँकले कोभिड–१९ विरुद्धको खोप किन्नका लागि नेपाललाई ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । आज अर्थ मन्त्रालयमा विश्व बैँक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात् ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको हो । मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपालीलाई कोरोनाविरुद्धको खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण र सान्दर्भिक हुने बताउनुभयो ।

प्रतिक्रिया