अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

बागलुङमा होली खेल्दा झडपमा मृत्यु भएका दुई जनाको चार दिनपछि अन्त्येष्टि

बिआरटीनेपाल २०७७ चैत १८ गते ८:२२ मा प्रकाशित

बागलुङमा होली खेल्ने क्रममा सामूहिक झडप परी ज्यान गुमाएका दुई जनाको बुधबार अन्त्येष्टि गरिएको छ । आइतबार जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ र बडिगाड गाउँपालिका वडा नम्बर १० को सिमाना बल्देधुरीमा दुई गाउँका यूवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।

उनीहरूको शव सोमबार बुर्तिबाङ पोष्टर्माटमका लागि लगिए पनि परिवारले घटनामा संलग्न दोषी पक्राउ नगर्दासम्म शव बुझ्न मानेका थिएनन् । बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् ।

शव बुझे पछि दर्लिङ खोलामा परम्परागत रुपमा कुँवर र दमाईको अन्त्येष्टि गरिएको छ । उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवर लगायतका नेता तथा कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिएका थिए । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाई सक्रिय कार्यकर्ता हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू