अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

एटिएम ह्याकर चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०७७ चैत १८ गते ८:१८ मा प्रकाशित

महानगरिय प्रहरी परिसर काठमाडौ र दरबारमार्ग प्रहरी वृतको संयुक्त टोलीले एटीएम मेशिनको कि बोर्ड ह्याक गर्ने चिनियाँ नागरिकलाइ पक्राउ गरेको छ ।विभिन्न बैकको एटिएम बुथमा शंकास्पद क्रियाकलाप गरिरहेको सूचनाका आधारामा चिनियाँ नागरिक वाङ्ग जिवलोङ्गलाइ नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

अनाधिकृत रुपमा एटिएम मेशिनमा प्रवेश गरेर पिन नम्बर ह्याक गरि नगद निकाल्न खोजेको अवस्थामा चिनियाँ नागरिक वाङ्गलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । वाङ्ग मंगलबार २ः३० बजेको विमानबाट काठमाडौं आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू