अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:१८ मा प्रकाशित

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गर्नुभएको हो ।

मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुग्नुभएको थियो । उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाको सचिवालय स्रोतले बताएको छ। नेताद्धयबीच करिब २० मिनेट कुराकानी भएको थियो।

यसैबचि, प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि आजै भेट गर्नुभएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाएर जाने विषयमा चर्चा भइरहेका छन्। प्रचण्डले हालै छिट्टै नयाँ सरकार बन्ने प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू