अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

प्रमोद पोर्तेल र हिना मल्लको ‘माया’ को भिडियो रिलिज

बिआरटीनेपाल २०७७ चैत १६ गते ८:३६ मा प्रकाशित

धरान । विगत एक दशकदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले आफ्नो नयाँ गीत ‘माया’ को म्युजिक भिडियो शनिवार धरानमा एक कार्यक्रमका बिच सार्वजनिक गरेका छन् ।

वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ । गायक पोर्तेलको नै शब्द तथा सङ्गीत रहेको गीतमा उनलाई गायिका हिना मल्लले साथ दिएकी छिन् । माया गर्ने प्रेमिल जोडीहरू टाढा टाढा भएर बसेका अवस्थामा एक अर्काको फिलिङस कस्तो हुन्छ भन्ने समग्र गीतको भाव रहेको गीतको भिडियोमा गायक -गायिकाकै अभिनय रहेको छ । गायक प्रमोद पोर्तेलको दोस्रो एल्बम ‘माया हो’ को यो तेस्रो भिडियो रिलिज गरिएको हो र यस अघि उनले माया हो,फर्की आउँछु बोलका दुई गीतको भिडियो रिलिज गरिसकेका छन् । गीतको सङ्गीत संयोजन डानिएल गदाल, मिक्सिङ, रविन छेत्री र रेकर्डिङ अपार रेकर्डस धरानको रहेको छ भने आभास जङ्ग माझी र एडम लिम्बुको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा सम्पादन सुल्तान फिल्म्स युकेको सुल्तान इदिङ्गोले गरेका हुन् ।

भिडियो रिलिज पछि बोल्नु हुँदै वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठले पछिल्लो समय सुगम सङ्गीतमा यस्ता किसिमका गीतहरू नआएको भन्दै गायक पोर्तेललाई सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा विशेष अतिथि चर्चित गायक शिव लामिछाने, वरिष्ठ लोक गायक गङ्गा वरदान, विजयपुर मिडिया ग्रुपका निर्देशक हिमाल राई, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, गायक रोहित मास्के, गायक मनोज मोते, गायक डिल्ली फोम्बो, सङ्गीतकार भानु थापा मगर, बराह ग्रुपका पी.आर.ओ सुरेन्द्र सिंह विश्वकर्मा अतिथि रहनु भएको थियो ।

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया