अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

प्रदेश १ सभाको बैठक चैत २३ गतेको लागि आह्वान

बिआरटीनेपाल २०७७ चैत १५ गते ७:५९ मा प्रकाशित

पटक, पटक स्थगित हुँदै आएको प्रदेश १ सभाको बैठक चैत २३ गतेको लागि तय गरिएको छ । आज सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि बैठक डाकेको हो । पछिल्लो पटक फागुन ९ मा प्रदेश सभाको बैठक बसेको थियो । त्यसपछि बोलाइएको फागुन २० र चैत २ गतेको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।

मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ । गएको बुधवार एमाले प्रदेश १ को संसदीय दलको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्तावमा तत्कालीन प्रचण्ड – माधव पक्षबाट हस्ताक्षर गरेका एमाले सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइसकेका छन् ।

बैठकमा माधव पक्षका केही सांसद उपस्थित भएर अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिने जानकारी गराएका थिए ।

प्रतिक्रिया