अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

बिआरटीनेपाल २०७७ चैत १५ गते ७:४९ मा प्रकाशित

प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार भेटमा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनका विषयमा छलफल भएको छ । उहाँहरुबीच करिब दुई घण्टा कुराकानी भएको छ ।

प्रतिनिधिसभा पुनस्र्थापित भए पछि प्रधानमन्त्री र सभामुखबीच छलफल भएको थिएन । जसका कारण सरकारले संसदले बिजनेस नदिँदा पुनस्र्थापित प्रतिनिधि सभाको बैठक बसेर पनि बिना काम सकिने गरेको थियो । अब भने संसदको काम राम्रोसंग सञ्चालन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू