अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

मिस एण्ड मिस्टर थारुको उपाधि लिभा र प्रशान्तलाई

बिआरटीनेपाल २०७७ चैत १४ गते ७:४१ मा प्रकाशित

तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् ।कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् ।

उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् । यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् ।

त्यसैगरी बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ सोनु चौधरी, बेस्ट डिसिपिलिन लिभा चौधरी थारु, बेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र बेस्ट पर्सानालिटिको अवार्ड श्रुति गच्छारले जितिन् ।

यस्तै तेस्रो संस्करणको मिस्टर थारु २०२१ को उपाधि प्रशान्त हुजदारले जितेका छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । कार्यक्रमका मुख्य निर्णायकले सोधेको ‘महिलाहरुले विभिन्न समस्या र चुनौती भोग्न बाध्य भइरहेको बेला पुरुषहरुले कस्ता समस्या र चुनौतीको सामना गर्नु परेको छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै प्रशान्तले उपाधि जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू