अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१
| Colorodo: 07:56
प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री शेरधन राइले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश १ सरकारका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी टंक आङबोहाङलाई दिइएको छ भने सामाजिक विकास मन्त्री उषाकला राई हुनुभएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङले सपथ ग्रहण गर्नुभयो । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले पनि आजै सपथ लिनुभएको छ । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ ग्रहण गराउनुभएको हो ।