अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

वसन्त ऋतुमा सगरमाथा चढ्न पहिलो समूहलाई अनुमति प्रदान

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:२३ मा प्रकाशित

आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो समूहले अनुमति लिएको छ । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहणका लागि अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको टोली सगरमाथा आरोहणका लागि गएको चैत २ गते नेपाल आएको थियो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ ।

उनीहरूले क्वरेण्टीनको मापदण्ड पूरा गरी प्रक्रिया सुरु गरेर शुक्रवार अनुमति लिएका टोलीको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

योसहित आउँदो वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहण अनुमति लिनेको सङ्ख्या ६१ पुगेको छ । यसअघि अन्नपूर्ण हिमालका लागि ४० जना, नुप्त्से हिमालका लागि चार जना र मनास्लु हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू