अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

भागरथी हत्या प्रकरण – अभियुक्त दिनेश भट्टको डिएनए भजाइनल स्वाबसँग मिल्यो

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:४२ मा प्रकाशित

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भन्दै पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएका अभियुक्त दिनेश भट्टको डिएनए भागरथीको भजाइनल स्वासँग मेल खाएको छ । सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तमकुमार सुवेदीले भागरथीको गुप्ताङ्गबाट लिइएको स्वाब र अभियुक्तको डिएनए मिलेको बताउनुभयो ।

घटनालगत्तै प्रहरीले भागरथीको गुप्ताङ्ग अर्थात भजाइनल स्वाब सङ्कलन गरी काठमाडौंस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । फागुन ६ गते घटनामा संलग्न भन्दै पक्राउ गरिएका स्थानीय १७ वर्षीय किशोरको डीएनए नमूना पनि प्रहरीले काठमाडौं पठाएको थियो । केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, सामाखुसीले पठाएको सिलबन्दी रिपोर्ट जिल्ला प्रहरी कार्यालय वैतडीमा खोलिएको र आजै सरकारी वकिलमार्फत अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू