अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको फोटो/भिडियो खिच्न नपाइने

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:४१ मा प्रकाशित

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो र भिडियो मोबाइलबाट खिच्न नपाइने भएको छ ।जावलाखेलस्थित स्टाफ कलेजमा भएको एक कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनुअघि प्रधानमन्त्री ओलीको फोटो र भिडियो मोबाइलबाट लिन नपाउने जानकारी दिनुभएको हो ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीको प्रोटोकल अनुसार मोबाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उपसचिव भट्टराईले बताउनुभयो ।मोबाइल फोनबाट प्रधानमन्त्रीको फोटो भिडियो लिन नमिल्ने भएपछि प्रधानमन्त्रीका कार्यक्रमहरूमा फेसबुक लाइभ गर्ने पत्रकारका लागि भने समस्या हुने देखिएको छ ।

प्रधानमन्त्रीको फोटो र भिडियो मोबाइल फोनबाट खिच्न निषेध गरिएसँगै सर्वसाधारणले भने आलोचना गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू