अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउनुस् – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:३३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । थारु कल्याणकारी सभा र थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिको आह्वानमा केही दिनदेखि माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा बसेका थारु अगुवाहरूलाई भेट्न बिहीवार पुग्नुभएका गृहमन्त्री थापाले सरकार र सङ्घर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।

त्यसका लागि सरकारले छिट्टै वार्ता टोली गठन गर्ने र सङ्घर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गर्नुभयो ।उहाँले बिहीवारकै मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पुर्याउने प्रतिबद्धतासमेत जनाउनुभयो । गृहमन्त्री थापाले टीकापुर घटनाका कतिपय विषय राजनीतिक रूपले हल गर्न सकिने र कतिपय कानुनी तथा प्रशासनिक रूपबाट हल गर्न सकिने बताउनुभयो ।

थारु अगुवाहरूले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरूको मुद्दा फिर्ता र दोषी ठहर भइ जेलमा रहेकाहरूको रिहाइको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू