अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

नेकपा एमालेको संस्दीय दलको बैठक आह्वान

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:३१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बालुवाटारमा दिउँसो ३ बजे बैठक तय भएको नेता बिशाल भट्टराईले जानकारी दिनुभयो । दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूलाई समेत जानकारी गराएको उहाँको भनाइ छ ।

नेता नेपाल–झलनाथ खनाल पक्षले गत चैत ७ गतेको बैठकमा भाग लिएको थिएन । बैठकमा नियमित अनुपस्थित रहेमा विधानअनुसार कारवाही हुने चेतावनी दिँदै पार्टी हित विपरीत गुटगत भेला गरेकाले चारजना नेतालाई यसअघि लिखित स्पष्टीकरण पनि सोधिएको थियो । चारैजना नेताले भने छुट्टाछुट्टै जवाफ दिने र आफूहरूको तर्फबाट पनि केही प्रश्न सोधेर पत्र पठाइने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू