अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

कास्कीमा कोरोना जोखिम बढ्न सक्ने भन्दै प्रशासनद्धारा सुचना जारी

बिआरटीनेपाल २०७७ चैत १२ गते ८:२८ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण बढ्न सक्ने जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।प्रशासनले बिहीबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको फागु पूर्णिमा लगायतका चाडबाड मनाउँदा तथा अत्यावश्यक गोष्ठी, भेला तथा कार्यक्रम सञ्चालन गर्दा भिडभाड नगर्न र अनिवार्य रूपमा जन स्वास्थ्यका मापदण्ड पालना गर्न तथा गराउन भनेको छ ।

प्रशासनले अनावश्यक गोष्ठी, भेला तथा कार्यक्रम नगर्न अनुरोध गर्दै सूचनाको अवज्ञा गर्नेलाई सङ्क्रामक रोक ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू