अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

ओलीले एमाले फुटाउन षडयन्त्र गर्नुभयो – भीम रावल

बिआरटीनेपाल २०७७ चैत १० गते ८:०२ मा प्रकाशित

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ । मंगलबार आफूपक्षीय अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै रावलले केपी ओलीले एमाले फुटाउन खोजेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिइ केपी शर्मा ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो । पार्टीमा विभाजनको रेखा कोर्नुभयो । तै पनि हामीले उहाँलाई भन्यौँ तपाईंले यो निर्णय फिर्ता लिनुहोस् । तर उहाँले मान्नु भएन।’

नेता रावलले स्पष्टीकरण आफूहरुले नभएर ओलीले दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाली जनताले तपाईं सोधिरहेका छन्, प्रतिनिधिसधा विघटन किन गर्नुभयो ? पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो ?’ ओलीको फागुन २८ गते बसेको केन्द्रीय कमिटीलाई अवैध भन्दै नेता रावलले कमिटीको कुनै पनि निर्णय आफूहरुले नमान्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू