अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

शेयरबजारमा समान्य सुधार, होटल र जलविद्युतका लगानीकर्ताको आम्दानी बढ्यो

बिआरटीनेपाल २०७७ चैत १० गते ८:०१ मा प्रकाशित

मंगलबार शेयरबजारमा १४ अंकको सुधार आएसँगै परिसूचक २५ सय २९ मा पुगेर थामिएको छ ।कारोबार पाँच अर्ब बढीको भएको नेप्सेले जनाएको छ । कारोबार हुने उपसमूह बराबर जसो रातो र हरियो रहे । यसदिन सबैभन्दा बढी ३ सय ४६ अंकले व्यापार समूह उकालो लाग्दा निर्जीवन बीमा १ सय ७४ अंकले सुधारिएको छ ।

यस्तै होटल तथा पर्यटन १ सय ५५, जलविद्युत समूह १ सय ३० अंकले बढेका छन् । मंगलबार लघुवित्त समूहमा ६९ अंकको सुधार आउँदा सामुहिक लगानी कोष र लगानी समूह भने हरियो मात्र रहे । मंगलबार जीवनबीमा समूहमा ९९ अंकको गिरावट आउँदा उत्पादन ४२, अन्य समूह ११ अंकले ओरालो लागेको छ । बैंक र वित्त समुहमा पनि सामान्य अंकले घटेका छन् ।

मंगलवार ९८ कम्पनीको शेयर मूल्य बढ्दा ६६ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १४ कम्पनीको मूल्य स्थीर रहेको छ । २ सय ८ कम्पनीको १ करोड बढी कित्ता शेयर ५ अर्ब १४ करोड बढीमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू