अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

नेपालमा २४ घण्टामा १५० जनामा कोरोना सङ्क्रमण, ३ जनाको ज्यान गयो, दुई महिना यताकै धेरै संक्रमण

बिआरटीनेपाल २०७७ चैत ९ गते ८:०४ मा प्रकाशित

नेपालमा आज गत दुई महिना यताकै सवैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमवार थपिएकासहित नेपालमा अहिलेसम्म २ लाख ७६ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार २० पुगेको छ । अहिले नेपालमा १ हजार १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप ३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू