अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

ओलीलाई वामदेव गौतमको आग्रह – ‘गल्ती सच्याउनुस्, पार्टी एकता बचाउनुस्’

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:२८ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि लचिलो बन्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो ।

नेता गौतमले भन्नुभयो, – ‘म आज बैठकमा सहभागी भएर गल्ती सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेँ, आफू लचिलो भएर पार्टी एकता बचाउनुस् भनेँ’ ।यस्तै उहाँले आफूले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिएर अवस्था सहज बनाउनसमेत आग्रह गरेको बताउनुभयो । आफू पार्टी एकताका लागि कसरत गरिरहेको भन्दै उहाँले आफ्नो हठ त्यागेर अगि बढ्नुपर्ने सुझाव बैठकमा राखेको बताउनुभयो ।

यसअघिका बैठकमा सहभागी नभएका उपाध्यक्ष गौतम शनिबारको संसदीय दलको बैठकमा भने सहभागी हुनुभएको हो । शनिबारको बैठकमा माधव कुमार नेपाल समूहका नेताहरु भने सहभागी भएनन् । फागुन २८ गतेको निर्णय फिर्ता नलिएसम्म आफूहरु बैठकमा सहभागी नहुने र बैठक नै बस्नुपर्ने अवस्था भएमा केन्द्रीय कार्यलय अथवा संसदीय दलको कार्यलयमा राख्नुपर्ने खनाल–नेपाल समूहको अडान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू