अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

धितोपत्र बजारमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ७२ प्रतिशत

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:२४ मा प्रकाशित

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७२ दशमलब १ प्रतिशत पुगेको छ ।नेपाल राष्ट्र बैंकको तथ्याकंअनुसार २०७७ साल माघसम्म जलविद्युत कम्पनीको हिस्सा ६ दशमलब २ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ दशमलब १ प्रतिशत, होटेलको हिस्सा शून्य दशमलब ८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलब ५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६ दशमलब २ प्रतिशत रहेको छ ।

धितोपत्र बोर्डमा २ सय १६ कम्पनी सूचिकृत भएका मध्ये १ सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ३७ वटा जलविद्युत् कम्पनी, उत्पादन तथा प्रशोधन उद्योग, १९ वटा होटल र ४ व्यापारिक संस्था छन् । यस्तै ७ अन्य समूहका कम्पनी रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २ सय १२ रहेको थियो । पछिल्लो ७ महिनामा ४ नयाँ कम्पनी थपिएका हुन् । यस्तै चालु आर्थिक वर्षको ७ महिनामै शतप्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।

२०७७ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब ६ अर्ब १७ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । पछिल्लो समय धितोपत्र बजारमा नयाँ लगानीकर्ताको संख्या बढ्नुले लगानीवृद्धि भएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू