अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

ओली पक्ष संग नेपाल – खनाल पक्षको पाँच बुँदे असहमति पत्र

बिआरटीनेपाल २०७७ चैत ७ गते ८:१० मा प्रकाशित

नेकपा एमालेको माधब नेपाल – झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पाँच बुँदे असहमति पत्र बुझाएको छ । असहमति पत्रमा ३८ जना सांसदले हस्ताक्षर गरेका छन् । पार्टी संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गर्न नहुने, पार्टीको बैठक नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत आयोजना गर्न नहुने, विधान विपरीत नै संसदीय दलको बोर्ड गठन र संसदीय दलको बैठक राख्न नहुने लगायत बुँदाहरू असहमति पत्रमा समावेश गरिएको छ ।

पार्टी अध्यक्ष ओलीलाई असहमतिको पत्र बुझाउन सांसद जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे र यज्ञराज सुनुवार बालुवाटार पुगेका थिए । सांसद सुनुवारले सर्वोच्च अदालतले फागुन २३ गते फैसला मार्फत् नेकपा एमालेलाई पुनर्जीवन दिएकोले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक बसाएर पार्टीको काम कारबाही अगाडि बढाउनुपर्ने बारेमा पनि कुरा भएको बताउनुभयो ।

तर आज बालुवाटारमा बसेको संसदीय दलको बैठकले नेपाल–खनाल पक्षको गुटगत भेलामा सहभागी भएका सांसदहरूलाई पार्टीको संसदीय बोर्ड मार्फत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू