अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

उखु किसानको भुक्तानी समस्याको दीर्घकालीन समाधान निकालियोः कृषिमन्त्री अर्याल

बिआरटीनेपाल २०७७ चैत ५ गते ८:१३ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले उखु किसानको भुक्तानी समस्याको दीर्घकालीन समाधान निकालेको दाबी गर्नुभएको छ । आज मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको बताउनुभयो ।

मन्त्री अर्यालले आफूले मन्त्रालय सम्हाल्ने बित्तिकै किसानको समस्यालाई तत्काल समाधान गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने के हुन सक्छ भनेर अध्ययन गराएको बताउनुभयो । उहाँले किसानहरुको भुक्तानी बक्यौता ८५ प्रतिशत भइसकेको दाबी गर्नुभयो । कृषि मन्त्रालय आफैंले भुक्तानी गर्न बाँकी रहेको करिब २ करोड रुपैयाँसमेत किसानको खातामा गएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू