अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४०
| Colorodo: 04:55
काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हप्तादेखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने बताउनुभएको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर जनता समााजवादी पार्टी र माओवादी केन्द्रसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताउनुभयो ।
कोइरालाले काँग्रेस नेतृत्वमा गठित सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने समेत बताउनुभयो । उहाँले संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकारमा जान नहुने पनि बताउनुभयो ।