अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

बिआरटीनेपाल २०७७ चैत ४ गते ८:२१ मा प्रकाशित

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएको थियो ।

सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री छन्, उनीहरूलाई पनि फिर्ता हुन निर्देशन दिइको उहाँले जानकारी दिनुभयो । बैठकमा १९ एमालेका सांसदमध्ये १० जना सहभागी भएका थिए ।
एमालेले समर्थन फिर्ता लिएसँगै शाहीको पद गुम्ने पक्का भएको छ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू