अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

“ओलीले ७० वर्षको कम्युनिस्ट साख लिलाम गरे”– झलनाथ खनाल

बिआरटीनेपाल २०७७ चैत ४ गते ८:१३ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलन विशेष घडीमा आइपुगेको बताउनुभएको छ । २० को दशकमा मजबुत र एकतावद्द रहेको कम्युनिस्ट पार्टीमा ३० को दशकदेखि नै फुट शुरु भएको उहाँले बताउनुभयो । पटक पटक पार्टीलाई एकीकरण गर्दै जाने क्रममा बनेको नेकपा एमालेले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्याएको उहाँको भनाइ थियो ।

त्यसपछि पनि पार्टीभित्र फुट र एकीकरणको सिलसिला जारी नै रहेको नेता खनालले बताउनुभयो । ललितपुरमा शुरु भएको एमाले कार्यकर्ता भेलको अध्यक्षता गर्दै नेता खनालले २०६२ ÷६३ को लोकतान्त्रिक आन्दोलन र क्रान्तिमा नेकपा एमालेले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । उक्त जनक्रान्तिको परिणामस्वरुप १० वर्ष लगाएर नयाँ संविधान निर्माण सम्पन्न भएर नेपालमा लाकतान्त्रिक संघीय गणतन्त्र स्थापना भएको उहाँले बताउनुभयो । यी सबैमा एमालेको भूमिका अहम् रहेको उहाँले जिकिर गर्नुभयो ।

पार्टीका कार्यदिशा ,नीति र सिद्धान्त सरकारका कुनै पनि कार्यक्रम र बजेटमा प्रतिविम्बित हुन नसकेको जिकिर गर्दै उहाँले सरकार र ओलीकै कारण ७० वर्ष लामो कम्युनिस्ट पार्टीको साखलाई नै असर पर्ने अवस्था आएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू