अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

डिप्रेसन हुनबाट बच्ने ७ उपाय

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:३० मा प्रकाशित

संसारभर डिप्रेशनका बिरामीहरूको संख्या करिव ३ करोड रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको। नेपालमा भने यति नै बिरामी छन् भन्ने सरकारी तथ्यांक छैन। तर चिकित्सकहरूको अध्ययनले करिब ८ लाख नेपालीमा डिप्रेशनको समस्या रहेको बताउँछन्।

डिप्रेसन कम कडा खालको मानसिक रोग हो। ‘डिप्रेसन कडा मानसिक रोग होइन, तर समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेशनको रोगीले आत्महत्या समेत गर्न सक्ने भएकाले बेलैमा होशियारी अपनाएर उपचारमा ध्यान दिनु पर्छ।

डिप्रेशनबाट बच्नका लागि निम्न ७ उपाय अपनाउन सकिन्छ –

–दैनिक जीवनमा आउने तनावलाई सकारात्मक रुपमा लिनुपर्छ।

–आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि कसरी समाधान गर्न सकिन्छ भन्ने सोच्नुपर्छ।

–मनोरोगलाई भयानक रुपमा लिनु हुँदैन।

–मानसिक समस्या भएको संकेत देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।

–सामाजिक कार्यमा सक्रिय हुनुपर्छ।

–निष्क्रिय जीवनशैलीलाई त्याग्नुपर्छ।

–कार्यमा आइपर्ने तनाव कम गर्न, प्रयाप्त आराम र खानपानमा विषेश ध्यान दिनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू