अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

कांग्रेसलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्न चुनौती छ – वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७७ चैत २ गते ८:३० मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा आफ्नो पार्टीलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका क्रममा सोमबार पर्वत आउनुभएका पौडेलले प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा यस्तो बताउनुभएको हो ।

उहाँले वर्षाैँदेखिको लडाइँबाट देशमा लोकतान्त्रिक व्यवस्था ल्याए पनि नागरिकले त्यसको आभास प्राप्त गर्न नसकेको बताउँदै व्यवस्थाको रक्षार्थ नेपाली कांग्रेस सदैव अडिग रहेको प्रस्ट्याउनुभयो । अर्को प्रसङ्गमा नेता पौडेलले सत्ता समीकरणको सन्दर्भमा पार्टीका सभापति शेरबहादुर देउवालाई सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको बताउनुभयो ।

नेता पौडेलले देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्ने तर अन्य दलको बुई चढेर सत्तामा गइ हाल्न नहुने बताउँदै अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी नागरिक समक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू