अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

सल्लाह गरेर’मा सुधिर र श्रेयाको रोमान्स ( भिडियो )

बिआरटीनेपाल २०७७ फागुन २९ गते ९:५३ मा प्रकाशित

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्य निवासी गायक रमेश कडेलले आफ्नो नयाँ म्युजिक भिडियो ‘सल्लाह गरेर’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

रमाइलो शैलीको डान्सिङ गीतमा गायक कडेलको साथमा सिडी विजय अधिकारी, रचना रिमाल र मनीषा राईको समेत स्वर सुन्न सकिन्छ। डिपी खनालको शब्द रहेको यस गीतलाई शङ्कर थापा ‘स्माइल’ले सङ्गीतबद्ध गरेका हुन्। गीतमा उदय राज पौडेलको सङ्गीत संयोजन रहेको छ।

नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुङ्गाना बिचको अनस्क्रिन प्रेम र रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ। सन्तोष राजवाहकले कोरियोग्राफी यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाङ्कन गरेका हुन्। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ।

सूर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा तयार पारिएको हो। ईनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियोले दर्शक श्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

प्रतिक्रिया