अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

निर्वाचनका लागि सडक संघर्षमा जान कार्यकर्तालाई राप्रपा अध्यक्ष थापाको निर्देशन

बिआरटीनेपाल २०७७ फागुन २९ गते ७:०५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ताजा जनादेशको लागि दबाव दिन सडक संघर्षमा जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शनिबार हेडौंडामा भएको कार्यक्रममा थापाले मुलुक राजनीतिक भूमरीमा फस्दै गएकाले यसको निकासका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो ।

अध्यक्ष थापाले प्रजातन्त्रको लागि पटक–पटक लडेको कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यता बिर्सेर कम्युनिष्टहरूसँग अपवित्र गठबन्धन गर्ने प्रयासमा रहेको बताउनुभयो । अध्यक्ष थापाले आगामी वैशाखमा हुने पार्टीको एकता महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाएर लैजाने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू