अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

‘खुसी’को साथमा आए राज र एबि (भिडियो)

बिआरटीनेपाल २०७७ फागुन २७ गते ७:५३ मा प्रकाशित

काठमाडौँ । मोडेल राज केसी र अस्ट्रेलियन मोडेल एबि अभिनीत ‘खुसी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमान्टिक भर्सनको यस गीतमा प्रताप दासको स्वर सुन्न सकिन्छ । छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ। गीतमा राज केसीको शब्द रहेको छ भने जीवन रसाइलीको सङ्गीत रहेको छ। गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ।

अस्ट्रेलियामा नै छायाङ्कन भएको यस भिडियोलाई जीवन रसाइलीको छायाङ्कन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि अस्ट्रेलियामा रहेर आफ्नो कला यात्रालाई अघि बढाइरहेका गीतकार केसी र निर्देशक रसाइलीले आफूहरूले कोरोना कहर बिच निकै मेहनत साथ यो भिडियो तयार पारेको बताएका छन् । अस्ट्रेलियामा पनि नेपाली म्युजिक भिडियो राम्रो बन्न सक्छ भन्ने उदाहरण आफूले पेस गरेको निर्देशक केसीले बताएका छन् । म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्णमा आग्रह गरेको छ ।

प्रतिक्रिया