अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

वर्तमान सरकारसंग कुनै किसिमको सहकार्य हुँदैन– जसपा अध्यक्ष यादव

बिआरटीनेपाल २०७७ फागुन २६ गते ७:३७ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनैपनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभएको छ । वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मुल ध्यय भएको उहाँको भनाई छ ।

संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारकारसंग कुराकानी गर्दै यादवले लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य गर्र्ने र जसले मधेशका मुद्धाहरुलाई समर्थन गरी संविधान संशोधनलाई अगाडी बढाउँछ त्यस्ता शक्तिहरुसँग सहकार्य गर्ने बताउनुभयो ।

त्यो शक्ति भनेको नेकपा(एमाले) नरहेको र अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन नसक्ने उहाँले स्पस्ट पार्नुभयो । यसैगरी जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो इस्युहरु सबै सरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि आग्रह गरिएको बताउनुभयो । एमालेसँग सत्ता समिकरण बारे छलफल गर्न कार्यदल नबनेको उहाँको जिकिर छ । सत्ता समिकरणको सम्बन्धमा जसपा कुनै पक्षसँग नभएको स्पष्ट पार्दै उहाँले आफ्नो मुद्धाहरु सम्बोधन भए सरकार बारे सोच्ने सकिने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू