अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

ओलीले ठग्ने बाहेक केही गरेनन्– जसपा नेता महतो

बिआरटीनेपाल २०७७ फागुन २६ गते ७:३७ मा प्रकाशित

जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश थारुहट आन्दोलनका मुद्धाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरु केपी ओली समक्ष पटक पटक राखिएको भएपनि ओलीले ठग्ने बाहेक केही काम नगरेको बताउनुभएको छ । संसद बैठकपछि बाहिरिने क्रममा उहाँले आफ्नो मागहरु जसले पूरा गर्छ, उसैलाई सरकार गठनमा समर्थन गर्ने स्पष्ट पार्नुभयो ।

रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश थारुहट आन्दोलनका मुद्धाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरु आजको नभएर पटक पटक राखेको माग रहेको उल्लेख गर्दै उहाँले केपी ओलीलाई सोही मागका आधारमा समर्थन गरेपनि ओलीबाट ठग्ने बाहेक केही काम नभएको आरोप लगाउनुभयो ।

सत्तारुढ नेकपा (एमाले) र जसपा बीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उहाँले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको जानकारी दिनुभयो । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू