अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

मिस्टर एण्ड मिस प्लस टु आइकन २०२१ को उपाधि जित्न सफल भए नेहा र विनिभ

बिआरटीनेपाल २०७७ फागुन २४ गते २०:०३ मा प्रकाशित

काठमाडौँ – ए.एन.पी. मेडिया हाउसद्वारा “मिस्टर एण्ड मिस प्लस टु आइकन २०२१” नामक सौन्दर्य तथा प्रतिभाको कार्यक्रम मिति २०७७ फाल्गुन २२ गते शनिवारका दिन आयोजना सम्पन्न भयो । “मिस्टर एण्ड मिस प्लस टु आइकन २०२१”मा मिस तर्फ नेहा कुमारी राय र मिस्टर तर्फ विनिभ श्रेष्ठ विजेता बन्न सफल भएका थिए। विजेता नेहाले पब्लिक च्याइस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्चुयल, फेसबुक च्वाइसको उपाधि र विनिभले पब्लिक च्याइस, मिस्टर फोटोजेनिक, फेसबुक च्वाइसको उपाधि हात पार्न सफल भएका थिए। त्यसै गरी मिस तर्फ सदिक्षा श्रेष्ठ फस्ट रनर अप, मिस फोटोजेनिक, सबि श्रेष्ठ सेकेन्ड रनर अप, बेष्ट र्याम वाक, आयुषा दाहाल थर्ड रनर अप, बेष्ट स्पीच, हर्सना खतिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन, मोष्ट स्टाइलिस, सम्झना घले भ्युअर च्याइस, मिस कन्जुलारिटि, इरिका श्रेष्ठ बेष्ट पर्सनालिटी, आवृत्ति बैध मोष्ट चार्मीङ्ग, निरुता तामाङ मोष्ट फ्रण्डली, कशिस कोइराला मोष्ट ब्युटीफूल, खुश्बु शाह मोष्ट कन्फीडेन्ट, मोष्ट पोजेटिभ एटीच्यट, शलु थापा बेष्ट डान्स, सरु महर्जन बेष्ट शिङ्गर, मोष्ट डिजरभिङ्ग, दिव्या नगरकोटी म्यानेजमेन्ट च्वाइस , र मिस्टरमा रोहण महर्जन फस्ट रनर अप, मोष्ट ट्यालेन्ट,
दीपेश परियार सेकेन्ड रनर अप, बेष्ट डान्स, विजय प्रधान मिस्टर र्याम वाक, मिस्टर हाण्डसम, स्वीभिन प्रीन्स बेष्ट सिङ्गर, बेष्ट पर्सनालिटी र आशुतोष बर्माले मिस्टर कन्जुलारिटिको उपाधि जितेका थिए।

उक्त कार्यक्रममा प्लस टु तथा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरूको बौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनलमा भाग लिएका थिए। यस कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको थियो ।

विगत लक डाउनको बेला “लिटिल प्राइड अफ नेपाल २०२० (अनलाइन कम्पीटिशन)”, “ट्यालेन्ट हन्ट २०२० (अनलाइन कम्पीटिशन)” र “लिटिल स्टार आइकन २०२० (अनलाइन कम्पीटिशन)” भएको कार्यक्रमको क्राउन सेरोमेनी पनि त्यही समयमा सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा सुवास न्यौपाने, फाइभर सुरक्षा बिशेषग्य तथा समाज सेवी र तेज गिरी, नायक तथा बैकरस्लाई विशेष सम्मान गरिएको जानकारी यस कार्यक्रमको प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दिनु भएको थियो ।

प्रमुख अतिथि पूर्व मन्त्री मीनेन्द्र रिजालको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा निर्णायकहरू वरिष्ठ गायक सिताराम पोखरेल, हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ र भि.ए. निकेतनका प्रिन्सिपल निर्णय एन.एस.के रहेका थिए । ए.एन.पी. मेडिया हाउसले सञ्चालन गरेको कार्यक्रमको संयोजक शम्भु प्रसाद रेग्मी रहेका छन् भने प्रतियोगिताको कोरियोग्राफी सुमी बानीयाँले गरेकी थिइन। कार्यक्रम सञ्चालन रोजिन शाक्यले गरेका थिए।

प्रतिक्रिया