अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

नारी दिवसमा श्रीमान बोकेर दौडिने प्रतियोगीता

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:०० मा प्रकाशित

तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गरेको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले श्रीमान बोकेर दौडने प्रतियोगीता आयोजना गरेको हो ।

प्रतियोगीतामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विमला थापाका अनुसार प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू