अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

संसद् सचिवालयमा प्रचण्ड –नेपाल समूहको पत्र दर्ता

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:४२ मा प्रकाशित

नेकपा संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएको व्यहोराको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ सांसद् रामनारायण बिडारीले बताउनुभयो । मुख्य सचेतकमा देवप्रसाद गुरुङलाई निरन्तरता दिएको छ भने उपनेता पछि दलको नेताले नियुक्त गर्नेछन् । पत्रमा ११२ सांसद्को हस्ताक्षर रहेको बीडारीले जानकारी दिनुभयो ।

आइतबार दिउँसो २ बजेतिर महासचिवको कक्षमा प्रचण्ड –नेपालसहित सांसदहरू निवेदन लिएर गएका जानुभएको थियो । महासचिवले पत्र बुझेपनि दर्ता गर्न भने शुरुमा नमानेको बताईएको छ । फागुन २१ गतेको प्रचण्ड –नेपाल पक्षको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको थियो । आइतबार पनि दलको बैठकपछि प्रचण्ड –नेपाल पक्ष महासचिवकहाँ निवेदन लिएर गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू