अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

नेपालमा ६६ जना कोरोना संक्रमित थपिए

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:४१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । हालसम्म ८२५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्ले २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू