अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 00:50

आयुषको स्वर, सङ्गीतमा ‘निर्दोष माया’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७७ फागुन २२ गते १०:४० मा प्रकाशित

काठमाडौँ । प्रतिभाशाली गायक आयुष खतिवडाको रक भर्सनमा आधारित गीत ‘निर्दोष माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाको रहेको छ। गीतमा स्वयम् गायक खतिवडाको सङ्गीत र सङ्गीत संयोजन रहेको छ। १४ वर्षीय गायक खतिवडा गितार, किबोर्ड लगायतका बाजा बजाउन सक्छन्। उनले ट्रीनिटी कलेज अफ लन्डनबाट म्युजिक अध्ययन समेत गरेका छन्।

म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल बिचको स्कुले प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ । ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा सृजन प्रजापतिको छायाङ्कन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन् ।

पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक खतिवडाको आधिकारिक च्यानल ‘आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक, श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रतिक्रिया