अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

सबिता ढुङ्गानाको लोक दोहोरी गीत ‘शीतल दिने कर्के नजर’ बजारमा

बिआरटीनेपाल २०७७ फागुन २१ गते ९:३४ मा प्रकाशित

काठमाडौँ । नेपाली लोक गीत सङ्गीतको बजारमा दिनै जसो लोक नयाँ नयाँ लोक दोहोरी गीतहरू बजारमा आइरहेका छन् ।

पछिल्लो समय काँठ क्षेत्रका गीतहरू धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गीतहरूले अत्यधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुङ्गानाको लोक दोहोरी कोसेली ‘शीतल दिने कर्के नजरमा’ बजारमा आएको छ । गीतको लोक लय शब्द सबिता ढुङ्गानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिना ले साथ दिएका छन् गीतको निर्माण मिलन फिल्म्सले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाईको छायाङ्कन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराँती, सुरज श्रेष्ठ, मन्दिर ढुङ्गाना लगायतको अभिनय रहेको छ ।

नेपाली लोक दोहोरी क्षेत्र आफ्नो पहिचान स्थापित गर्न यो गीतले केही टेवा पुग्ने गायिका सबिता ढुङ्गानाले बताउनु भयो गीत डी ए आर मुभिज एन्ड फिल्म्स इ प्रा ली को आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ।

प्रतिक्रिया