अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

लालुमैपछि सन्दीपले ल्याएको सान्बाबुमा स्मारिका र समारिकाको लोभलाग्दो अभिनय

बिआरटीनेपाल २०७७ फागुन २१ गते ९:०० मा प्रकाशित

काठमाडौँ । लोकप्रिय गायक सन्दीप न्यौपानेले लालुमैको सफलतासँगै नयाँ गीत सान्बाबुको भिडियो सार्वजनिक गरेका छन् । जसमा सन्दीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ ।

सङ्गीत संयोजन लोकप्रिय सङ्गीतकार सु्दिप सागरको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनीद्धय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् । शिव हमालको च्यानबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए । सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल, काली भन्न मिलेन, लगायतका गीतका भिडियोहरूले व्यापक चर्चा कमाएका छन् ।

प्रतिक्रिया