अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

आफूसँग बहुमतभन्दा बढी ११७ सांसद रहेको प्रचण्ड–नेपाल पक्षको दाबी

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:३३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहको शुक्रबार भएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरेको छ। संसदीय दलको शुक्रबारको बैठकमा १ सय ११ जना सहभागी भएको र अन्य ६ जना सांसद काठमाडौँबाहिर रहेकाले सहभागी हुन नपाएको दाबी सांसद कृष्णभक्त पोखरेलले गर्नुभएको छ ।

यसअघि गत पुस ७ गते पनि प्रचण्ड–नेपाल समूहको बैठकले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि उक्त समयलाई सर्वोच्च अदालतलाई शून्य समय मानेकाले फेरि चयन गरिएको हो। सांसद पोखरेलले योगेश भट्टराई, कृष्णबहादुर महरा, मेटमणि चौधरी, गोपाल बम, सरलाकुमारी यादव, विना पोखरेल, चक्रपाणि खनालले शुक्रबारको बैठकमा सहभागिता जनाउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू