अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३८ | Colorodo: 20:53

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:४९ मा प्रकाशित

नेपालीको प्रतिव्यक्ति आय गत वर्षको भन्दा २५ अमेरिकि डलरले घटेको छ । गत वर्ष १ हजार १ सय उनन्साठी रहेकोमा अहिले घटेर १ हजार १ सय चौंतिस डलर रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांकले देखाएको हो।

केन्द्रीय तथ्याङ्क विभागले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १० वर्षमा १४.७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । आधार वर्ष परिवर्तन गर्दै अध्ययन गर्दा सन् २०१०/११ मा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ति उपभोगमा ३५.४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४.०७ प्रतिशतको वृद्धि देखिएको हो । उक्त परिवर्तनले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार ३९ खर्ब ४३ अब ६६ करोड रुपैयाँ पुगेको देखिन्छ ।

यस्तै, मध्यवर्ती उपभोग र उत्पादनको अनुपात सन् २०००/०१ को आधार वर्ष अनुसार ३७.१ प्रतिशत रहेकोमा परिवर्तित आधारवर्ष अनुसार अनुपात ४१.८२ प्रतिशत रहेको छ । तथ्यांक सार्वजनिक गर्दै विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५ प्रतिशत, खानी तथा उत्खनन्मा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत व्याँसमा ४६.८ प्रतिशत, निर्माणमा ३.७ प्रतिशत, थोक तथा खुदका व्यापारमा २३.१ प्रतिशत बृद्धि भएको बताउनुभयो ।

अध्ययनको नतिजा अनुसार आवाश तथा भोजनालयमा १६.४ प्रतिशत, यातायात तथा संचारमा २.६ प्रतिशत, वितीय तथा बीमा सम्बन्धी क्रियाकलापमा ३६.८ प्रतिशत, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापहरूमा ५२ प्रतिशत, सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षामा १५७.९ प्रतिशत, शिक्षामा ११.२ प्रतिशतको सुधार देखिएको छ ।

यस्तै, मानव स्वास्थ्यमा १.२ प्रतिशत र औधोगिक वर्गीकरणमा भएका परिवर्तनको कारण कला, मनोरन्जन तथा अन्य कृयाकलापहरुमा ८५.८ प्रतिशतले कमि हुने देखिएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले रिबेसिङ अध्ययनको नतिजा अनुसार योजना निर्माण र तर्जुमामा दबाब पर्ने बताउनुभयो ।

Central Bureau of Statistics (CBS)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू