अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक, अर्थतन्त्रमा भूकम्प र नाकाबन्दीभन्दा कोरोना महामारीले क्षति

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:४६ मा प्रकाशित

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।गएको आर्थिक वर्षको वृद्धिदर माइनस १ दशमलव ९९ प्रतिशत कायम भएको तथ्याङ्क विभागले जनाएको छ । सरकारले कोरोना महामारीका बाबजुद पनि आर्थिक वृद्धिदर ऋणात्मक नभएको दाबी गरे पनि विभागले ऋणात्मक आर्थिक वृद्धिदर सार्वजनिक गरेको हो । कोरोनाका कारण पर्यटन तथा औद्योगिक क्षेत्र, उत्पादन र उपभोग कमजोर हुँदा आर्थिक वृद्धिदर ऋणात्मक भएको उल्लेख छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर पनि ४ दशमलव ६ प्रतिशतले ऋणात्मक रहेको केन्द्रीय तथ्याङ्क विभागले उल्लेख गरेको छ । तर २०७२ सालको भूकम्प र नाकाबन्दीपछि पनि नेपालको आर्थिक वृद्धिदर ० दशमलव २ प्रतिशत रहेको थियो । केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो संशोधित तथ्याङ्कले नेपाली अर्थतन्त्र कोरोना महामारीका कारण ऋणात्मक आर्थिक वृद्धिदर हुने देशको सूचीमा परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू