अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

दोभान बजारमा भएको आगलागीबाट ४० करोड ५ लाख बढीको क्षति

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:३४ मा प्रकाशित

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । ५० घर पूर्ण रूपमा जलेको र तिनका ३३ घरधनी तथा डेरावालसहित ६३ परिवार विस्थापित भएका छन् । आगलागीबाट १ करोड ६० लाख ५८ हजार रुपैयाँ नगदै जलेको पाइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेको संयोजकत्वमा गठित समितिले आज क्षतिको विवरण सार्वजनिक गरेको हो । आगलागी पीडित ६३ परिवारका लागि गाउँपालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आजै राहत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो । यसैबीच, आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सहितको टोली दोभान बजार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू