अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:२३ मा प्रकाशित

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको हो । राष्ट्रिय गौरवको यो आयोजनाबाट १ लाख ८५ हजार बिगाहा क्षेत्रफलमा सिँचाई गरीने छ । पानी डाइभर्सन गरी विद्युत गृह बनाएर ३१ मेगावाट बिजुली उत्पादन गर्ने योजना भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि १३ किलोमिटर सुरुङमार्गको निर्माणको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोके पनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गर्नु भएको छ । आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई संकेत गर्दै मधेसमा केपी ओलीलाई पस्न नदिए पनि पानी नरोक्न आग्रह गनुृभयो । सुनकोशी कमला डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा क्षेत्रफलमा सिँचाइ हुने भएपछि राजनीतिक दलले नभई मधेशका जनता आफैले स्वागतका लागि गेट बनाउने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू