अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

नयाँ सिरिज ‘मेरो अदालत’ को घोषणा

बिआरटीनेपाल २०७७ फागुन १७ गते ९:३१ मा प्रकाशित

पछिल्लो समय सिरिज, सिरियल तथा वेब सिरिजको माग बढ्दो क्रममा रहेको छ । कोभिडको कारण घरमै बसेर नयाँ नयाँ प्रकारका सिरिजमा दर्शक रमाइरहेको यो समयमा नायक रबी कार्कीले नयाँ सिरिज ‘मेरो अदालत’को घोषणा गरेका छन् ।

देशमा घटिरहेका विविध घटनाहरू र ती घटनाका अधिकांश पीडितले न्याय नपाइरहेको पछिल्लो अवस्थामा यो सिरिजमा केही सत्य घटना , केही काल्पनिक तथा केही सत्य घटना बाट प्रभावित भएर तयार गरिने छ ।

यस सिरिजलाई निर्देशक रामेश कुमार राईले निर्देशन गर्ने भएका छन् । निर्देशक राई यति बेला भोजपुरी फिल्म जंगबाज को लागी भारतमा रहेको बुझिएको छ । शनिवार नायक एव यस सिरिजका कथाकार रबी कार्की तथा निर्माताद्धय सूर्य सिजी र पर्वत राईले सिरिजको थिम पोस्टर सार्वजनिक गर्दै केही दिनमा नै छायाङ्कनमा जाने बताइएका छन् । पोस्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ भने न्यायमूर्तिको अनुहारमा रातो पोतिएको देखाइएको छ ।

रि एण्ड कि फिल्मस् को ब्यानरमा निर्माण हुने यस सिरिजकी सह निर्माता हुन् मालती कार्की । यस सिरिजका कलाकारहरू भने केही दिनमै अडिसन मार्फत छनौट हुने र राष्ट्रिय स्तरको प्रतिष्ठित टेलिभिजन बाट प्रसारण हुने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया