अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 22:18

राजु परियारको आवाजमा “यो दुनियाँ ” सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ फागुन १७ गते ९:२४ मा प्रकाशित

काठमाडौँ । चर्चित एवं लोकप्रिय सर्जक इन्द्र दाहाल र चर्चित मोडल सारिका केसीको अभिनयमा रहेको “यो दुनियाँ ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजु परियार र गायिका माया नानु को नयाँ साङ्गीतिक कोसेली “यो दुनियाँ ”सार्वजनिक भएको छ ।

मायामा हारेका प्रेमी प्रेमीकाको प्रेम कहानीलाई गीतमा समेटिएको छ । इन्द्र दाहाल र सुजन तामाङको शब्द सिर्जना तथा रेसम केसीको लय सिर्जना रहेको छ । वीरेन्द्र भट्टको छायाङ्कन , अविनाश डिसीको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया