अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१
| Colorodo: 21:46
चर्चित गीत जोमसोमै बजारमा गीतका सर्जक तथा संगीतकार विश्व थकालीको ५२ वर्षको उमेरमा निधन भएको छ । जोमसोम र हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने मुस्ताङी सर्जक थकालीको शनिबार अमेरिकामा मृत्यु भएको हो ।
उहाँको अमेरिकामा हृदयघातका कारण निधन भएको परिवार स्रोतले जनाएको छ । लामो समयदेखि अमेरिका बसोबास गर्दै रहनुभएका थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो।
साढे २ दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका निभाउनुभएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गर्नुभएको थियो । उहाँको धर्मपत्नी सहित दुई छोरा हुनुहुन्छ ।