अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

दीपक लिम्बुको बाटो काटिएला युट्युबमा रिलिज

बिआरटीनेपाल २०७७ फागुन १५ गते १५:५३ मा प्रकाशित

धरान । नेपाली तारा दीपक लिम्बुले लामो समयपछि नयाँ गीत सार्वजनिक गरेका छन्। ” बाटो काटिएला ” बोलको गीत म्युजिक भिडियो सहित गायक दीपक लिम्बुले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

भिडियोमा बादल श्रेष्ठ र प्रतीक्षा थापा मगरको मुख्य अभिनय रहेको छ । कलाकार दीपक पछल्दंग्या र मौसम राईले पनि साथ दिएका छन् ।

भिडियोमा भर्जिन लोकेसनमा दृश्य कैद गरिएका छन् । उक्त भिडियोमा भोजपुर देखी सुनसरी हिँडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकीय नगर चतराको जल यात्रालाई पनि समेटिएको छ ।

तारा प्रकाश लिम्बुको सङ्गीत, वि. पाण्डेको शब्द, गोपाल रसाइलीको एरेन्ज रहेको छ । सुमन तामाङले क्यामेरा र ड्रोन चलाएका छन् भने बारत लिम्बुले सह निर्देशन गरेका छन् । अनिल राणाको सम्पादन रहेको भिडियोमा भीषण राईको निर्देशन रहेको छ ।

पर्यटन प्रवर्द्धन गर्न आफूले भोजपुर देखी सप्तकोसी नदी हुंदै चतरासम्मको मनमोहक दृश्यलाई भिडियोमा समेट्ने प्रयास गरेको निर्देशक भीषण राईले बताए ।

प्रतिक्रिया