अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

एक दशक पछि घमेश दुलालकाे “बनमा खयर” लोकदोहोरी

बिआरटीनेपाल २०७७ फागुन १५ गते ८:४१ मा प्रकाशित

काठमाडौँ । लोक दोहोरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढी सम्म गुमनाम भए । उनका गीतहरू सुन्न श्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पर्थ्यो कि युटुवमा खोज्न थाल्नुपर्थ्यो ।

उनका शुभचिन्तकको मनमा लागेथ्यो अब घमेश दुलालका नयाँ गीत आउने छैनन् । उनका चर्चित गीतहरू नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिठ्ठी आदि दर्जनौँ गीतहरुले श्रोता तथा दर्शकको मनमा अड्डा जमाएर बसिरहेका छन् ।

गुमनाम जस्तै भएका गायक घमेशकाे जीवनले कोल्टे फेरेको छ, पछिल्लो समयमा उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लीन छन् केही समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गीतहरू गर्दै आएका घमेश दुलाल लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका छन् । काठमाडौँको मुटु अनामनगर घट्टेकुलाे चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो संचालमा ल्याएका छन् , यसकै उपज हो ११ वर्ष पछिको उनको पुनरागमन सहितको नयाँ लोक दोहोरी गीत “वनमा खयर” ।

“वनमा खयर” मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । चर्चित रचनाकार शिव हमालले यो गीतकाे शब्द रचना गरेका छन् । गीतमा सङ्गीतकार तथा गायक प्रभावन जे काे सङ्गीत रहेकाे छ । घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियो नेपालमा गीत गाउँदा समय देखिएका दौँतरी समेत हुन् । गीतकाे सङ्गीत संयोजन चर्चित एरेन्जर कमल साैरागले एरेन्जर गरेका हुन् ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट दर्शक तथा श्रोता माझ आउन लागेकाे गीतकाे भिडियाेमा निकै मिहेनत गरीएकाे डिएआर मुभिजका राजाराम गौतमले बताए । भिडियाेमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलकाे अभिनय रहेकाे छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायाङ्कन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । साेलुखुम्बुकाे रमणीय स्थलमा भिडियो छायाङ्कन गरीएकाे डीएआर मुभिजका विवेक चाैलागाईले बताए ।

केही समय अगाडि “भुल” लोक दोहोरी गीत मार्फत घमेश दुलाल आउने चर्चा भएको थियाे । भुलमा लाेकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकी छन् । उक्त गीतकाे सुटिङ गर्न उपयुक्त समयको पर्खाइमा रहेकाले वनमा खयर त्यो भन्दा अगाडि आएको एक्सन स्टुडियोका सञ्चालक तथा गायक श्याम धितालले बताए । यश पछि पनि उनका लगातार गीत आउने तयारीमा रहेका छन् ।
भिडियो हेर्नुहाेस ।

प्रतिक्रिया